इ-पासपोर्ट फारम
जपानमा तपाईको व्यस्त जीवन शैलीलाई मध्यनजर गर्दै हामीले तपाईलाई ई पासपोर्ट बनाउन सहजीकरण गर्छौ । हामीलाई भाईबर वा म्यासेन्जरमा सम्पर्क गर्नुहोस ।
म्याद सकिएको रिन्यू, बालबालिकाको लागि नया बनाउनुपर्ने, वा पासपोर्ट हराएको अवस्थामा हामी तपाईलाई सजिलै सेवा दिने छौ ।
५ वर्षभन्दा माथिका जो कोही पनि पासपोर्ट लिनका लागि नेपाल एम्बेसी जानैपर्ने हुन्छ । किनभने फोटो खिच्ने र फिंगर प्रिन्ट लिने काम एम्बेसी मै हुन्छ ।
तर ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुका लागि भने फाराम भरेर शुल्क बुझाएमा पासपोर्ट बनेर घरमै आउँछ ।
जानुभन्दा अघि जाने समय निक्र्यौल गरी नेपाल सरकारको आधिकारिक वेवसाईट मार्फत फाराम भर्नुपर्ने हुन्छ ।
उक्त फाराम भर्ने, समय लिने र झञ्झट मुक्त तरिकाले पासपोर्ट लिन चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ ।
साथै आवश्यक परामर्श र अन्य सेवाहरुका लागि पनि हामी सहजीकरण गर्नेछौ ।
